कुर्सीमा राखिने तौलिया हटाउन पत्राचार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कुर्सीमा राखिने तौलिया हटाउन पत्राचार


१२ भाद्र २०७५, मंगलबार


काठमाडौँ । सरकारी कार्यालयका कुर्सीमा राखिने गरेका तौलिया हटाउन पत्राचार गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालयका कुर्सीमा राखिने तौलिया हटाउन सबै मन्त्रालय र मातहतका निकायहरूलाई पत्राचार गरेको हो ।

प्रधानमन्त्री कार्यालयस्थित हेल्लो सरकारमा तौलियाको विषयमा निरन्तर गुनासोपछि, ‘अनावश्यक रूपमा राखिने तौलिया हटाउन’ मन्त्रिपरिषद् कार्यालयले पत्राचार गरेको हो । कुर्सीमा तौलिया झुण्ड्याउनुको कुनै औचित्य नभएको र त्यसले कार्यालयको शोभा नबढाउने भएकाले हटाउन भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

विशेष गरी उपल्लोतहका कर्मचारीहरूको कुर्सीहरूमा तौलिया राख्ने गरेको छ । जसका लागि मात्रै लाखौँ रुपैयाँ खर्च हुने गरेको छ । त्यसो त उपयोगीताका हिसाबले पनि खासै काम आउँदैन भने सोभनीयसमेत देखिँदैन । तर जहाँ तौलियाको आवश्यकता हो त्यहाँ भने देखिँदैन । खास गरी हात, मुख पुछ्ने प्रयोजनका लागि शौचालयमा राखिने भए पनि त्यस्ता ठाउँहरूमा मुस्किलले मात्रै तौलिया राखेको भेटिन्छ ।

प्रधानमन्त्री कार्यालयबाट गरिएको पत्राचारसँगै विभिन्न मन्त्रालयले मातहतका निकायहरुमासमेत परिपत्र गरेका छन् । यसैसन्दर्भमा सहरी विकास मन्त्रालयले पनि तौलिया हटाउन परिपत्र जारी गरेको छ ।

यससँगै कार्यालय परिसर दैनिक सफा गर्ने र कार्यकक्ष कोरिडोरा सफा सुग्घर राख्नुपर्ने समेत उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस