एएफसी यू–१६ महिला च्याम्पियनसिपका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एएफसी यू–१६ महिला च्याम्पियनसिपका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा


१२ भाद्र २०७५, मंगलबार


काठमाडौं । एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षण शुरु भएको छ ।

आगामी असोज ३ गतेदेखि नेपालमा आयोजना हुने उक्त प्रतियोगिताका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा छन् । छनोट प्रतियोगिताको समूह ‘ई’ मा रहेको नेपालले आइतबारबाट बन्द प्रशिक्षण शुरु गरेको जनाइएको छ ।

बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरुमा सावित्री किसान, पूजा थापा, करिना धिमाल, खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सविना चौधरी, मनमाया परियार, प्रिती राई, सुष्मा तामाङ, मनिषा विष्ट, अस्मिता चौधरी, सविता रानामगर, निकिता थोकर, चन्द्रा भण्डारी, सुरक्षा सुक्रीया, मनिका घर्तीमगर, मुना मगर, श्रीषा कार्की, सुनिता सुनार, सजनी थोकर, मन्दिरा रहि र जुनु मगर रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस