समृद्ध नेपाल, सुखी नेपालीका लागि सरकार सही बाटोमा छ : ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समृद्ध नेपाल, सुखी नेपालीका लागि सरकार सही बाटोमा छ : ओली


९ भाद्र २०७५, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तीका लागि सरकारले सही बाटो समाएको बताएका छन् ।

आज खरिपाटीमा मदन भण्डारी शिक्षालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपाली जनताको समृद्धिका लागि जननेता मदन भण्डारीले अघि सारेका बिचार सान्दर्भिक भएकोले सरकार अहिले पनि त्यही आदर्शलाई आत्मसात गरेर सरकार अघि बढीरहेको बताए । ‘सरकार केवल राजनीतिक लक्ष्यमात्र निर्धारण गरेर मात्र समुन्नत समाज, सांस्कृतिक मर्यादाहरुलाई समेत समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारले छिमेकी देशहरुसँग निकट, बराबरीको हैसियत र एउटा सार्वभौम राष्ट्रका रुपमा सम्बन्धि विकास गर्ने प्रधानमन्त्री बताए ।

प्रधानमन्त्ती ओलीले जननतो भण्डारीले नेपालमा छुट्टै प्रकारको सामाजिक आन्दोलन स्थापित गरेको बताएका छन् । ‘मदन भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पु-याउनुभयो’, ओलीले भने, ‘यसले स्वतन्त्रता,समानता र सामाजिक न्याय स्थापित गर्ने कुरामा ठुलो सहयोग गरेको छ ।’

भक्तपुरको खरिपाटी स्थित विद्यतु प्राधिकरणको कार्यलयमा सुरु भएको नेपालमा माक्र्सवाद सृजनात्मक प्रयोग बिषयमा सुरु भएको कार्यशालमा नेपाल सहित ब्राजिल, दक्षिण अफ्रिका, ट्युनिसीया, फलिपिन्स, पूर्वी टिमोर, थाइलेण्ड, बंगालादेश, पाकिस्तान, श्रीलंका र तान्जानियाका ५० जना सहभागीहरुलाई तीन हप्ताको प्रशिक्षण सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस