प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्क्याउने व्यक्ति पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्क्याउने व्यक्ति पक्राउ


८ भाद्र २०७५, शुक्रबार


pakrau

काठमाडौं । प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्क्याउने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-६ घर भइ माछापोखरी बस्दै आएका २४ वर्षीय बिज्ञान दाहाल रहेका छन् ।

स्थानीयले उनलार्इ बिहीबार नियन्त्रणमा लिएर प्रहरीलार्इ बुझाएका छन् । दाहालले काठमाडौं महानगरपालिका-२६, नयाँ बसपार्क मित्रनगरका सर्वसाधारणलार्इ धम्क्याएका थिए ।

प्रहरीले थप अनुसन्धान थालिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस