कञ्चनपुरमा सिडिओ फेरिए, तारानाथ अधिकारीलाई नयाँ सिडिओको जिम्मेवारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कञ्चनपुरमा सिडिओ फेरिए, तारानाथ अधिकारीलाई नयाँ सिडिओको जिम्मेवारी


७ भाद्र २०७५, बिहिबार


काठमाडौं – सरकारले कञ्चनपुरको प्रमूख जिल्ला अधिकारी (सिडिओ) कुमार बहादुर खड्का हटाएको छ । खड्कालाई हटायर तारानाथ अधिकारीलाई प्रजिअको जिम्मेवारी दिइएको छ ।

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले सिडिओ र कञ्चनपुर प्रहरी प्रमुखको राजीनामा माग्दै आएका थिए ।

आजको आन्दोलनले उग्ररुप लिँदा महेन्द्रनगरमा गोली चलेको थियो । गोली लागेर ६ जना आन्दोलनकारी घाइते भएका छन् । सरकारले कञ्चनपुरमा अनिश्चित कालका लागि कञ्चनपुरमा कर्फ्यु पनि जारी गरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस