निर्मला पन्त प्रकरण : कञ्चनपुरमा आन्दोलनले उग्ररुपम लिँदा कर्फ्यु जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्मला पन्त प्रकरण : कञ्चनपुरमा आन्दोलनले उग्ररुपम लिँदा कर्फ्यु जारी


७ भाद्र २०७५, बिहिबार


कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै आन्दोलनरत स्थानीयले आन्दोलन चर्काए पछि महेन्द्रनगरमा कर्फ्यु जारी भएको छ ।

आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

आज प्रहरी र प्रदर्शनकारीबीच भएको आन्दोलनले उग्र रुप लिँदा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर आठ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस