स्थानीय तहको करबारे संघीय मामिलाद्वारा छानबिन गरिने, अध्ययन समिति गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहको करबारे संघीय मामिलाद्वारा छानबिन गरिने, अध्ययन समिति गठन


७ भाद्र २०७५, बिहिबार


समायोजन

काठमाडौैं– स्थानीय तहमा लगाइएको कर बारे छानबिन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ ।

मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गाना र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोगका सचिव डा. वैकुण्ठ अर्याल सदस्य रहेको अध्ययन समिति गठन गरिएको छ।

मन्त्रालयका प्रवक्ताका अनुसार अध्ययन समितिले १५ दिनभित्र स्थानीय तहको करका सम्बन्धमा स्थानीय तहमा देखिएको करका समस्याको समाधानका उपायसहित सरकारलाई प्रतिवेदन बुझाउने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस