चितवनमा दुई किशोरी बलात्कृत, बलत्कारको अभियोगमा सात पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चितवनमा दुई किशोरी बलात्कृत, बलत्कारको अभियोगमा सात पक्राउ


४ भाद्र २०७५, सोमबार


पक्राउ

चितवन । चितवनमा दुई किशोरी सामुहिक बलत्कारमा परेको घटना बाहिर आएको छ । प्यूठान जिल्ला घर भइ भरतपुर ११ मा बस्ने १७ वर्षीया एक किशोरी गत साउन ३० गते बलत्कृत भएकी थिइन् । उनलाई बलत्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपुर गैंडाकोट नगरपालिका–४ का २१ वर्षीय युवराज सारुमगर, सोही नगरपालिका– २ का १९ वर्षीय सैन्थिल धिमाल, भरतपुर महानगरपालिका– ११ का २० वर्षीय आकाश थापा, महानगरपालिका–२९ का ३५ वर्षीय अर्जुन विक र अर्का एक १७ वर्षीय बालक रहेका छन् ।

पक्राउ परेकाहरु भरतपुरको एक पानी उद्योगमा मजदूर रहेको र उनीहरुले मदिरा सेवन गरेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस्तै चितवनकै माडी नगरपालिकामा १५ वर्षीया अर्की किशोरी पनि सामूहिक बलात्कारको सिकार भएकी छन् । ती युवतिलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी नगरपालिका–३ का २३ वर्षे रामप्रताप महतो र सोही ठाउँका २४ वर्षका नवराज महतो रहेछन् ।

घरतर्फ जाँदै गरेकी किशोरीलाई मोटरसाइकलमा आएका दुई युवाले घर पुर्‍याइदिने भन्दैं एकान्त स्थानमा लगेर बलत्कार गरेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस