४५ हजार घुस रकमसहित कर्मचारी पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

४५ हजार घुस रकमसहित कर्मचारी पक्राउ


३० श्रावण २०७५, बुधबार


घुस

रौतहट । सेवाग्राहीसँग लिएको घुस रकम सहित रौतहटमा शिक्षाका एक कर्मचारी पक्राउ परेका छन् ।

सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयका प्राथमिक शिक्षक तथा सहायक लेखापाल प्रमोद ठाकुर घुस रकम सहित पक्राउ परका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले ४५ हजार घुस सहित पक्राउ गरेको हो ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भवन निर्माणको काम लिएको र भवन निर्माणको काम सम्पन्न भइसकेपछि अन्तिम फछ्यौट गर्नको लागि बारम्बार रकमको माग गरिरहेका शिक्षक घुस रकमसहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस