६० वर्षीया बृद्धालाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने दुई किशोरी पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

६० वर्षीया बृद्धालाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने दुई किशोरी पक्राउ


३० श्रावण २०७५, बुधबार


पक्राउ

नवलपरासी । नवलपरासीमा ६० वर्षीया एक वृद्धालाई बोक्सी आरोपमा दुर्व्यबहार गर्ने नवलपुरका दुई किशोरी पक्राउ परेका छन् ।

पाल्पाको निस्दी गाउँपालिकाकी ६० वर्षीया बृद्धालाई बोक्सी भन्दै दुर्व्यबहार गरेको आरोपमा प्रहरीले नवलपुरको बिनयत्रिबेणी गाउँपालिका–३ धारादीकी १६ वर्षीया तमसरी सिंजाली र मध्यबिन्दु नगरपालिका–१४ की १८ वर्षीया गीता कामुलाई पक्राउ गरेको हो ।

यही साउन १२ गते उनीहरुले बोक्सीको आरोपमा ती बृद्धामाथी दव्र्यवहार गरेका थिए ।

बृद्धामाथी उनीहरुले दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस