तारेखमा छुटे प्रदेश दुईका सामाजिक विकास राज्यमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तारेखमा छुटे प्रदेश दुईका सामाजिक विकास राज्यमन्त्री


२८ श्रावण २०७५, सोमबार


महोत्तरी । जिल्ला अदालत महोत्तरीले ज्यान मुद्दामा दोषी ठहर गरेपछि आज अदालत सामु आत्मसमर्पण गरेका प्रदेश नम्बर दुईका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् ।

सोमबार बिहान अदालत समक्ष आत्मसमर्पण गरेका शर्मालाई साधारण तारेखमा छोड्ने आदेश भएको स्रेस्तेदार रामानन्द अधिकारीले जानकारी दिए ।

थुनछेकको वहस पछि जिल्ला न्यायाधीश व्रजेश प्याकुरेलले साधारण तारेखमा छोड्ने आदेश दिएका हुन् ।

२०७२ भदौ २५ गते शसस्त्र सिमा सुरक्षाबल जलसागरमा कार्यरत असइ थमन विकको मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट हत्या गरिएको थियो । अदालतले उनलाई सोही घटनाको दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस