रेडपान्डाको छालासहित पाँच पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रेडपान्डाको छालासहित पाँच पक्राउ


२७ श्रावण २०७५, आइतबार


काठमाडौं । रेडपान्डाको छालासहित पाँच जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंको विशेष टोलीले नागर्जुन नगरपालिका–८, नेपालटारबाट पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आशिक राई, सन्तोष राई, रमेश पौडेल, मिलन गुरुङ र जनककुमार चाम्लिङ रहेका छन् ।

पक्राउ परेकालाई अनुसन्धानपश्चात कारवाहीका लागि जिल्ला वन कार्यालय, काठमाडौं पठाइएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस