२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाज कल्याण परिषद् अनियमितता प्रकरण : सदस्य सचिवमाथि ‘एक्सन’, अन्य पदाधिकारीलाई बेवास्ता

अ+ अ-

काठमाडौं । सरकारले समाज कल्याण परिषद्को अनियमितताबारे छानबिन गर्न सदस्य सचिव डिल्लीराज भट्टमाथि ‘एक्सन’ लिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार पत्र काटेर भट्टलाई मन्त्रालयमा हाजिर हुन बोलाएको हो । तर, परिषद्का अन्य पदाधिकारीलाई बेवास्ता गरिएको छ ।

मन्त्रालयका प्रवक्ता वीरबहादुर राईले मन्त्रिस्तरीय निर्णयअनुसार परिषद्को अनियमितताबारे छानबिन गर्न भट्टलाई मन्त्रालयमा हाजिर गर्न बोलाइएको बताए ।

सदस्य सचिव भट्ट भने छानबिनका लागि आफूलाई मात्र बोलाउँदा सरकारको काम कारबाहीमा शंका उत्पन्न गराएको आरोप लगाउँछन् । ‘अनियमितताको छानबिन गर्ने हो भने अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षलगायत माथि पनि छानबिन हुनुपर्छ,’ उनले भने ।

समाज कल्याण ऐन अनुसार परिषद्को अध्यक्ष महिला, बालबालिका तथा समाज कल्याण मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था छ । त्यस्तै, उपाध्यक्ष र कोषाध्यक्ष सरकारले मनोनित गरेको व्यक्ति रहने व्यवस्था छ । अरु पदाधिकारीमाथि छानबिन हुँदैन त ? प्रवक्ता राईले प्रष्ट्याए, ‘अन्य पदाधिकारीलाई आवश्यक सम्झिए छानबिन तथा जाँचबुझ समितिले नै बोलाउला ।’

केही समयअघि परिषद्को अनुदान रकममा अनियमितता भएको भन्दै पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतमा उजुरी परेपछि सरकारले त्यसको छानबिन तथा जाँचबुझ गर्न समिति बनाएको हो ।

प्रवक्ता राईका अनुसार पूर्वन्यायाधीश रमण भट्टराईको अध्यक्षतामा छानबिन तथा जाँचबुझ समिति गठन भएको छ । छानबिन समितिले तीन महिनामा प्रतिवेदन पेश गर्नेछ ।

सम्बन्धित समाचार : अनुदान रकम आफ्नालाई दिन चलखेल