अपराधिक गतिबिधिमा संलग्न दुई जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अपराधिक गतिबिधिमा संलग्न दुई जना पक्राउ


२२ श्रावण २०७५, मंगलबार


वीरगञ्ज । पर्सा प्रहरीले बिभिन्न अपराधिक काममा सक्रिय भएका दुई युवकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १ बस्ने भीम भन्ने १९ वर्षे राहुलकुमार गुप्ता र बाराको सिमरा उपमहानगरपालिका वडा नं. ७ जितपुर बस्ने २० वर्षे साजिर हुसेन अन्सारी पक्राउ परेका हुन् ।

राहुलकुमार मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका हुन भने साजिरको साथबाट लागू औषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

साउन १९ वीरगञ्ज महानगरपालिका १० बस्ने श्यामप्रसाद साहले घर अगाडि पार्किङ गरी राखेको ना. १६ प.३५२० नं. को रातो कालो सिबजेड मोटरसाइकल हराएको उजुरी प्रहरीमा दर्ता गराएपछि खोज तलास गर्दै जाने साउन २० गते वीरगञ्ज महानगरपालिका वडा १६ स्थित भन्सार कार्यालय नजिक उक्त मोटरसाइकल चलाउँदै गरेको अवस्थामा राहुलकुमार पक्राउ परेका हुन् ।

त्यसैगरी प्रहरीले अन्दाजी ४ ग्राम लागु औषध ब्राउन सुगरसहित साजिर हुसेनलाई पक्राउ गरेको हो । ना५४प ७०३ नम्बरको स्कुटरमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गर्दा चेकजाँचको क्रममा ८ पुरिया लागू औषध ब्राउनसुगर सहित साजिर पक्राउ परेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस