कामकाजका लागि खटाइएको निर्णय बदर गर्न माग्दै उजुरी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कामकाजका लागि खटाइएको निर्णय बदर गर्न माग्दै उजुरी


२० श्रावण २०७५, आइतबार


काठमाडौं । सरकारका एक सहसचिवले आफूलाई कामकाजका लागि खटाइएको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएका छन् ।

आफूलाई गैरकानुनी रूपमा अर्काे कार्यालयमा कामकाजका लागि खटाएको भन्दै सहसचिव राजनराज पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध उजुरी दिएका हुन् ।

मन्त्रालयले उनलाई गत जेठ १७ गते प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिवकारूपमा खटाएको थियो ।

त्यसअघि उनी प्रदेश ७ को भौतिक पूर्वाधार मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए । इमान्दारपूर्वक काम गर्दा पनि मन्त्रालयले ‘घटुवा’ गरेको र ‘जुनियर’ कर्मचारीको मातहतमा खटाएको उनको आरोप छ ।

मन्त्रालयको निर्णय निजामती सेवा ऐन २०४९, नियमावली २०५० र कर्मचारी समायोजन नियमावली २०७४ को बर्खिलाप भएको उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस