सरकारबिरुद्ध डोटीमा पनि प्रदर्शन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारबिरुद्ध डोटीमा पनि प्रदर्शन


१५ श्रावण २०७५, मंगलबार


डोटी । नेपाली कांग्रेस डोटीले केन्द्र, प्रदेश र स्थानीय सरकारबिरुद्ध डोटीमा पनि प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेसको पार्टी कार्यालय जगेडाबारीबाट निकालिएको विरोध ¥याली सिलगढी बजार, टुडीखेल, शैलेश्वरी मन्दिर हुँदै बजार परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय अघाडी आएर कोण सभामा परिणत भएको थियो ।

विरोध र्यालीमा सहभागीहरुले बढ्दो महङ्गी नियन्त्रणगर, सर्वेसत्तावाद सरकार मुर्दाबाद, केपी ओलीको पाराले दुःख पाए साराले, मार्सी चामल खाएर, जनता मार्न पाइदैन, मूल्यवृद्धि फिर्ता गर लगायतका नारा लगाएका थिए । कोण सभामा बोल्दै नेपाली कांग्रेसका डोटीका जिल्ला सभापति प्रदीप देउवाले महंगी नियन्त्रण गर्नुपर्ने, बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुको अस्मितामा प्रश्न उठाउने दुर्गा प्रसाईलाई कारबाही गर्नुपर्ने, दिपायल सिलगढी नगरपालीकामा वृद्धि गरिएको कर फिर्ता लिनुपर्ने, डोटीको विपीनगरमा काठ तस्करीमा संलग्न नेपल प्रहरीका अधिकृतमाथी सत्थ तथ्य छानविन हुनुपर्ने लगाएतका कुरामा जोड दिएका छन् ।

नेपाली काग्रेसले सरकार विरुद्ध आज देशभर नै प्रर्दशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस