कार्यक्षेत्रमा मारिएका सैनिकको परिवारले ७ वर्षसम्म पूरा तलब पाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कार्यक्षेत्रमा मारिएका सैनिकको परिवारले ७ वर्षसम्म पूरा तलब पाउने


१५ श्रावण २०७५, मंगलबार


नेपाली सेना

काठमाडौं । कार्य क्षेत्रमा खटिँदा मारिने सैनिकको परिवारले सात वर्षसम्म पूरा पारिश्रमिक पाउने भएका छन् ।

भद्रकालीस्थित सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक परिवारलाई राहत दिन नियमावली संशोधन गरिएको जानकारी दिए । उनले पीडित सैनिक परिवारलाई सम्बोधन गर्न सरकार लागिपरेको बताए ।

गत असार २० गते बसेको मन्त्रिपरिषद बैठकले नियमावली संशोधन गरेको हो ।  नियमावलीमा कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिक जवानको एक तह स्वतः बढुवा गरिने व्यवस्था पनि छ ।

त्यसैगरी सैनिक जंगी कारवाही वा सेना परिचालन भएका बेला आकस्मिक दुर्घटनामा परी अशक्त भएका सैनिकलाई एक तह बढुवा गर्ने व्यवस्था पनि नियमावलीमा छ । त्यस्तै, कर्तव्य पालनाको सिलसिलामा कुनै सैनिक वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा परिवारलाई निवृत्तिभरण र उपदान तथा छोराछोरीलाई शैक्षिक भत्ता उपलब्ध गराउने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस