गृहमन्त्री र युइईका राजदुतबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री र युइईका राजदुतबीच भेटवार्ता


१० श्रावण २०७५, बिहिबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र नेपालका लागि संयुक्त अरब ईमिरेट्स(युयई)का राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिबीच आज गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता भएको छ ।

भेटमा नेपाल–युयई द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । गृहमन्त्री थापाले नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको लागि युयईले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

यस्तै उनले युयईमा कार्यरत नेपालीहरुको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदुतसँग आग्रह गरेका थिए ।

सुन तस्करी सम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युयई सरकारको तर्फबाट गरिएको सहयोगका लागि समेत गृहमन्त्री थापाले धन्यवाद व्यक्त गरे ।

राजदुत नाक्बिले नेपालमा सुन तस्करीबारे गरीरहेको अनुसन्धानको क्रममा नेपालको आग्रह अनुसार एक व्यक्तिलाई युयईमा पक्राउ गरीएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी दिए ।

उनले मानवतस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युयईबीच कुनै किसिमको सम्झौता नभएको कारण केही समस्या देखिएको भन्दै नेपालले सो किसिमकको सम्झौता गर्न चाहे युयई तयार रहेको प्रष्ट पारे ।

युयईका उपप्रधान तथा गृहमन्त्रीको तर्फबाट राजदुत नाक्बिले गृहमन्त्री थापालाई युयई भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस