२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पारिवारिक तथ्यांक संकलन शुरु

अ+ अ-

चितवन । चितवनको भरतपुर महानगरपालिका–७ मा पारिवारिक तथ्यांक लिन शुरु गरिएको छ ।

हिंसा र बेचबिखनमा परेका महिलाको हकहितमा काम गर्दै आएको संस्था केआइ नेपालले भरतपुर महानगरपालिकाको वडा नम्बर ७ सँगको सहकार्यमा पारिवारिक तथ्यांक संकलन शुरु गरेको वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले जानकारी दिए ।

उहाँका अनुसार उक्त वडाको घरधुरी, जनसंख्या तथा वस्तुस्थितिका बारेमा सही जानकारी नभएकाले यकिन तथ्यांक लिन थालिएको हो । काफ्लेले उक्त वडामा बसाइँ सरेर आउने क्रम बढ्दो रहेको तर बसाइँसराइ दर्ता नभएकाले यति नै जनसंख्या भन्न सकिने अवस्था नरहेकाले तथ्यांक संकलन थालिएको उल्लेख गरे ।

मुख्यगरी वडाको जनसंख्या, घरधुरी, पारिवारिक अवस्था, मानव बेचबिखन तथा लैंगिक हिंसाको अवस्था, भाडामा बस्नेको संख्या, लागूऔषध दुरुपयोग अवस्थालगायतका विषयमा तथ्यांक संकलन हुने केआई नेपाल चितवनका संयोजक केमीका घिमिरेले जानकारी दिए ।

पारिवारिक तथ्यांक आइसकेपछि राज्यलाई करको दायरामा ल्याउन पनि सहज हुने र विकासका कार्यक्रम सञ्चालनमा समेत सहयोग पुग्ने विश्वास रहेको घिमिरेको भनाइ छ ।

दुई महिनामा तथ्यांक संकलन गर्ने योजनाका साथ नौ जना संकलक खटाइएको केआइ नेपाल, चितवनले जनाएको छ । मंगलबारदेखि शुरु भएको कार्यक्रमका लागि करीब रु दुई लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यस्ता तथ्यांकले नगरको विकासका लागि सहयोग पुग्ने बताए । महिला अधिकारकर्मी संगीता भट्टराई हरेक स्थानीयतहमा यसैगरी तथ्यांक संकलन गर्नसके कार्यक्रम लैजान सहज हुने बताए । रासस