सबै स्थानीय तहमा बैङ्क स्थापना, सुरक्षा सरकारले दिने : अर्थमन्त्री खतिवडा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सबै स्थानीय तहमा बैङ्क स्थापना, सुरक्षा सरकारले दिने : अर्थमन्त्री खतिवडा


१ श्रावण २०७५, मंगलबार


काठमाडौं । सरकारले सबै स्थानीय तहमा बैङ्क स्थापना गर्ने घोषणा गरेको छ । स्थानीय तहसँग समन्वय गरेर बैङ्कहरुकको सुरक्षा पनि सरकारले नै गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले जनाएका छन् ।

अर्थमन्त्री खतिवडाले पुस मसान्तसम्म सबै कारोबार बैकिङ प्रणालीमार्फत् गर्न पनि सबै स्थानीय तहमा ३ महिनाभित्र बैंकहरु स्थापना गरिसक्ने पनि बताएका छन् ।

आज नविल बैंकलेमा आयोजना गरेको कार्यक्रममा बोल्दै बैंकहरुलाई विद्युतीय प्रणालीबाट संचालन गर्न नविकरणीय ऊर्जाको प्रयोग गर्न सकिने पनि स्मरण गराए ।

उनले कर छली हुन नदिन  सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस