बद्री भिखारीको कवितासङ्ग्रह ‘समुद्र साउती’ सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बद्री भिखारीको कवितासङ्ग्रह ‘समुद्र साउती’ सार्वजनिक


३१ असार २०७५, आइतबार


काठमाडौं । कवि बद्री भिखारीको कवितासङ्ग्रह ‘समुद्र साउती’को शिल्पी थिएटरमा विमोचन गरिएको छ । बरिष्ठ कवि तुलसी दिवसको प्रमूख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समिक्षकको रुपमा कवि श्यामल, स्वप्नील स्मृति, महेश पौडेल, जसराज किराँतीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै समिक्षक महेश पौडेलले भिखारीका कवितामा शालिन विद्रोह र विनम्रता पाइने कुरा बताए । अर्का समिक्षक श्यामलले शक्तिशाली कविताहरूको सङ्ग्रह ‘समुद्र साउती’ले नेपाली कविता साहित्यको इतिहासमा एउटा बलियो खुड्किलो थपेको कुरा पनि बताए ।

समिक्षकहरूले विभिन्न साहित्यका पुस्तकहरू हरेक सर्जक र साहित्यानुरागीहरूले अनिवार्य खरिद गरेर पढ्ने प्रथा बसाल्नुपर्ने र यसो गर्न सकिएमा साहित्य र सर्जक कहिल्यै पनि भोको नमर्ने तथा अझ उत्कृष्ट साहित्यको सिर्जनामा पे्ररणा मिल्ने कुरामा जोड दिए ।

प्रमुख अतिथि कवि तुलसी दिवसले भिखारीका कवितामा नविनतम् कथ्यसहितको बिम्बहरू पाइने कुरा अघि सारे ।

इटहरीमा बसेर साहित्यसाधनमा लागेका कवि बद्री भिखारीको यो तेस्रो सङ्ग्रह हो । यस भन्दा अघि उनका ‘हत्केला भरिका रेखाहरू’ (मुक्तकसङ्ग्रह), ‘माड्सापका झोला’ (कवितासङ्ग्रह) प्रकाशित छन् ।

४० कवितालाई ५ खण्डमा विभाजन गरी १२८ पेजमा सङ्ग्रहीत गरिएको यस पुस्तक ‘समुद्र साउती’ शिखा बुक्स बाट प्रकाशित र ज्ञानज्योति बुक्स पब्लिकेसनद्वारा वितरित गरिएको छ । आकर्षक पकेट साइजमा प्रकाशित यस पुस्तकको आवरण रेखाचित्र जीवन पौडेल र लेआउट तथा साजसज्जा सरोज बलामीले गरेका हुन्

प्रतिक्रिया दिनुहोस