गजल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजल


३० असार २०७५, शनिबार


हामी जिन्दगी कटाईदिन्छौं सरकार बनाएर ।
सरकार जिन्दगी कटाउँछ बेरोजगार जन्माएर ।

हरेक दिन घर घरको रेडियोमा आउँछ सरकार
अनि जान्छ प्रधानमन्त्रीको समाचार सुनाएर ।

यो देश के बन्थो अनि यी बच्चाहरूले के सिक्थे
लुटपाट र भ्रष्टाचारले भरिएको अखबार पढाएर ।

यि पुतलीहरु बत्तिलाई किन यति धेरै प्रेम गर्छन
पुतलीहरु हुर्किन्छन कुर्बानीको सँस्कार पछ्याएर।

प्रतिक्रिया दिनुहोस