भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गर्न भानुभक्तको योगदान महत्वपूर्ण: ओली « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गर्न भानुभक्तको योगदान महत्वपूर्ण: ओली


प्रशासन विशेष ब्युरो

२९ असार २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन् ।

२०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको बताएका छन् । ‘भानुभक्तले साहित्यमार्फत् समाज सुधारका लागि ठूलो योगदान गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृत्तिको आफ्नै महत्व रहेको बताए ।

यसैबीच, प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पणसमेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस