चिकित्सक–प्राविधिकसहित गैँडा पठाइने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चिकित्सक–प्राविधिकसहित गैँडा पठाइने


२४ असार २०७५, आइतबार


चितवन । नेपालले चीन सरकारलाई उपहार स्वरुप पठाउन लागेको पहिलो जोडी गैँडा यहाँका चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ ।

यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डा. कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैँडा पठाउन लागिएको हो ।

गैँडा नियन्त्रणदेखि हाल सौराहामा राखिएको समयमा सँगै रहेर काम गरेका चिकित्सक, प्राविधिक र सहयोगी चीनसम्म नै जाँदा गैँडाको रेखदेख राम्रो हुने भएकोे छ । गैँडा लिनका लागि चीनको चेमलङ सफारी पार्कबाट चिकित्सक र प्राविधिक टोली यसअघि नै यहाँ आइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस