होटेल, रेष्टेरेन्ट तथा व्यवसायीलाई त्रास देखाई रकम असुल्दै हिंड्ने चार पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

होटेल, रेष्टेरेन्ट तथा व्यवसायीलाई त्रास देखाई रकम असुल्दै हिंड्ने चार पक्राउ


२१ असार २०७५, बिहिबार


काठमाडौं । गुण्डागर्दीमा संलग्न चार जना पक्राउ परेका छन् । महानगरिय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले होटेल, रेष्टेरेन्ट तथा अन्य व्यवसायीहरुलाई त्रास देखाई रकम असुल्दै हिंड्ने चार जनालाईपक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट लिखु घर भइ हाल मनमैजु बस्ने २९ वर्षीय सुरेश डंगोल, नुवाकोट पंचकन्या घर भइ हाल गोंगबु बस्ने ३२ वर्षे राज कुमार ढुंगाना, रोल्पा सुखिदह घर भइ हाल टोखा बस्ने ३० वर्षीय राम कुमार घर्ति र गोर्खा घर भइ हाल टोखा बस्ने २९ वर्षीय भिम बहादुर थापा रहेका छन् ।

नीज चारै जनालाई नियन्त्रणमा लिइ महानगरिय प्रहरी परिसर काठमाडौंमा थप अनुसन्धान भइरहेको  प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस