काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा ३, डिजेल र मटितेलमा २/२ रुपैयाँ घटाएको जनाएको छ । ‘भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको जनाइएको छ ।
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९२/९२ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।