कर्मचारीको लकरबाट पेस्तोल फेला परेपछि… « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीको लकरबाट पेस्तोल फेला परेपछि…


२७ जेष्ठ २०७५, आइतबार


काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत एक कर्मचारीको डिपार्टमेन्ट लकरबाट प्रहरीले एक थान कटवा पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद गरेको छ ।

काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले अस्पतालको रेडियोलोजी शाखामा रहेको एउटा लकरबाट पेस्ताल र गोली बरामद गरेको हो । तर पेस्तोल र गोली त्यहाँ कसले राखेको हो भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ।

उक्त लकर धेरै समयदेखि नखुलेपछि प्रशासनले प्रहरीलाई सूचना दिएको र सोही सूचनाका आधारमा लकर खोल्दा पेस्तोल र गोली भेटिएको जनाइएको छ । अस्पताल प्रशासनले सबै कर्मचारीलाई आफ्नो लकरमा नाम लेख्न लगाए पनि उक्त लकरमा कसैले नाम लेखेका थिएनन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस