चेन्नई सुपर किंग्सले जित्यो आईपीएल–२०१८, « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चेन्नई सुपर किंग्सले जित्यो आईपीएल–२०१८,


१४ जेष्ठ २०७५, सोमबार


काठमाडौं । मुम्बईस्थित वाङ्खडे रंगशालामा आइतबार राति सम्पन्न आईपीएलको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ ।

फाइनलमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै चेन्नईले तेस्रोपटक यो उपाधि जितेको छ । चेन्नईले सनराइजर्स हैदराबादलाई ८ विकेटले हरायो । चेन्नईको जितमा ओपनर सेन वाट्सनले सतक बनाए। हैदराबादले प्रस्तुत गरेको एक सय ७९ रनको लक्ष्य चेन्नईले १८ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो। वाट्सनले ११७ रन बनाए। सुरेश रैनाले ३२ रन बनाए।

वाट्सन र रैनाबीच दोस्रो विकेटका लागि एक सय १७ रनको साझेदारी भएको थियो । वाट्सनले ५७ बलमा ८ छक्का र ११ चौका प्रहार गरे। टस हारेपछि पहिले ब्याटिङ गर्नेहैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । केन विलियमसनले ४७, युसुफ पठानले ४५ र शिखर धवनले २६ रन बनाए।चेन्नईले सन् २०११ यता पहिलो पटक उपाधि जितेको हो।

प्रतिक्रिया दिनुहोस