बिदेशमा पहिलो पटक देउडा गीतको छायाङकन(भिडियो सहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बिदेशमा पहिलो पटक देउडा गीतको छायाङकन(भिडियो सहित)


१ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । देउडा सर्जक लक्ष्मण अधिकारीको दोस्रो गीत कम्मर लड्काई लड्काई बजारमा आएको छ । अधिकारीको आफ्नै शब्द र राजेन्द्र शाह बिपीको लय रहेको गीतमा गायक तथा संगितकार बिनोद बाजुरेली र स्मृति शाहीको स्वर छ ।

यस गितको म्युजिक भिडियोको छायाङ्कन दुबईमा गरिएको छ । बिदेशमा पहिलो पटक देउडा खेल सहित म्युजिक भिडियो छायाङ्कन गरियो । सागर परियार तथा लोकराज पाण्डेयको छायाङ्कन अनि सागर बोहराको निर्देशन रहेको म्युजिक भिडियोमा लक्ष्मण अधिकारी र बिमला महरा गुड्डीको मुख्य अभिनय रहेको छ ।

सुदूरपश्चिम समाज युएई तथा प्रवासमा रहेका सुदूपश्चिमेलीहरुको देउडा संस्कृतिप्रतिको लगावको उपज यस गीतको म्युजिक भिडियो बिदेशी भूमीमा छायाङ्कन गर्न सम्भव भएको अधिकारीले बताए ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस