कार्यालयमा के कहाँ राख्ने ? कहाँ बस्ने ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कार्यालयमा के कहाँ राख्ने ? कहाँ बस्ने ?


भीमप्रसाद गुरागाँई

२८ बैशाख २०७५, शुक्रबार


पञ्चतत्वलाई उचित व्यवस्थापन र अनुकूल हुने गरी भौतिक संरचनाहरूको निर्माण गर्ने पौराणिक विज्ञानलाई वास्तुशास्त्र भनिन्छ । पछिल्लो समय गृह निर्माणको क्षेत्रमा मात्र होइन, अन्य क्षेत्रमा पनि वास्तुशास्त्रलाई ध्यान दिइएको पाइएको छ । त्यसकारण यसको महत्व अझै बढेको छ ।

वास्तुशास्त्रलाई निर्माणमा मात्रै नभएर निर्माण गरिएका भवन, साजसज्जा, विद्युतीय उपकरण तथा औजार अनि रंगरोगनहरूमा पनि यसलाई विशेष ध्यान दिइन्छ । कार्यालयहरूमा कर्मचारीहरूको कार्यक्षेत्र र कार्यभार हेरेर कार्यसम्पादनमा अनुकूल असर पर्ने गरी निश्चित दिशा र स्थानहरू पनि तोकिएको हुन्छ, जसको कारण कार्यालयमा वातावरण अनुकूल भई कर्मचारीहरू बीचमा मित्रवत् र पारिवारिक वातावरण बनी रहोस्, जसको कारण व्यावसायिक क्षेत्रले लक्षित लाभ प्राप्त गर्न सकोस् ।

वास्तुशास्त्रबारे केही टिप्स

१. कार्यालयको मुख्य ढोका नजिक वा निकटमा प्रत्यक्ष देखिने ठाउँमा सर–सामान राख्नु हुँदैन ।
२. कार्यालयको ब्रह्मा स्थान (केन्द्रीय भाग) खाली छाडनुपर्छ ।
३. रिसेप्सनको लागि उचित स्थान पूर्वी दिशाको कोठा हो । रिसेप्सिनिस्टले पूर्व वा उत्तरको दिशा फर्किएर बस्नुपर्छ ।
४. भूमिगत जलस्रोत वा पानीका लागि पूर्वी दिशा शुभ मानिन्छ ।
५. कार्यालयको आन्तरिक सजावटमा राखिने अक्वारियमको माछा नौ वटा सुनौलो र एउटा कालो हुनुपर्छ । यसको उचित स्थान पूर्वी दिशा मानिन्छ ।
६. संचालक, निर्देशक, प्रबन्धकहरू कार्यालयको दक्षिण–पश्चिम दिशाको कोठामा पूर्वी दिशामा फर्किएर रहनुलाई शुभ मानिन्छ ।
७. कार्यालयको पूर्वी दिशाको स्थान सहायक प्रबन्धक तथा अन्य सहायक कर्मचारीहरूको लागि शुभ मानिन्छ भने फिल्डमा जाने कर्मचारीहरूको लागि उत्तर–पश्चिम दिशालाई शुभ मानिन्छ ।
८. कर्मचारीहरू पूर्व वा उत्तर फर्किएर बस्नुलाई शुभ मानिन्छ ।
९. कार्यालयको लेखा शाखा पूर्व–दक्षिण दिशामा रहनु शुभ मानिन्छ ।
१०. बजार व्यवस्थापन शाखालाई कार्यालयको पूर्वी दिशामा शुभ मानिन्छ ।
११. कार्यालयमा काम गर्ने कर्मचारीको माथि बिम पर्नलाई अति नै अशुभ मानिन्छ, यदि यस्तो परेमा त्यसलाई फल्स सिलिङले छोप्नुपर्छ ।
१२. कार्यालयमा मालिक वा प्रमुखको टेबल आयातकारकै हुनुपर्छ ।
१३. कार्यालयमा चिया तथा चमेना गृहलाई पूर्व–दक्षिण वा उत्तर–पश्चिम दिशामा राख्नुपर्छ ।
१४. कार्यालयमा शौचालयलाई दक्षिण–पश्चिम वा उत्तर–पूर्वको दिशामा राख्नु हुँदैन ।
१५. कार्यालयका सबै महत्वपूर्ण कागजातहरूलाई सुरक्षित दराजमा दक्षिण वा पश्चिम फर्काएर राख्नु पर्छ ।
१६. कर्मचारीहरूको टेबलमा टेलिफोन राख्दा दक्षिण–पश्चिम कुनामा राख्नु उपयुक्त मानिन्छ ।
१७. वार्ता तथा संवाद कोठालाई कार्यालयको पूर्व वा उत्तर दिशामा शुभ मानिन्छ ।
१८. जीवनमा प्रगति गर्नु चाहने कर्मचारीहरूले पहिले कार्यालयको पश्चिम दिशामा र त्यसपछि दक्षिण–पूर्व दिशामा स्थानान्तर भएर बसे अति नै शुभ मानिन्छ ।
१८. कार्यालयमा शुभत्व र आर्थिक प्रगतिको लागि देवीदेउताहरूको तस्बिरहरूलाई ऐनामा प्रतिबिम्ब देखिने गरी राख्नु पर्छ ।
१९. कार्यालयमा सिढीलाई दक्षिण, पश्चिम वा दक्षिण–पश्चिम दिशामा शुभ मानिन्छ ।
२०. कार्यालयमा कुनै मन्दिर बनाउनु परेमा माथिल्लो तलाको पूर्वाेत्तर दिशामा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस