सिठ्ठी बजाएर शुल्क फिर्ता गर्न विद्यार्थी संगठनको दवाव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिठ्ठी बजाएर शुल्क फिर्ता गर्न विद्यार्थी संगठनको दवाव


२१ बैशाख २०७५, शुक्रबार


काठमाडौं । संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयको मनपरि शुल्क नियन्त्रणका देशैभरीका स्थानीय सरकारलाई सिट्ठी बजाएर शुल्क फिर्ता लिन आज दवाव दिएको छ ।

चर्को शुल्क लिने विद्यालयलाई हदैसम्मको कारवाही गर्नुपर्ने नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीले बताए । अभिभावकहरुको ढाडै सेकिने गरी सुल्क बृद्धि हुदासम्म पनि स्थानीय सरकार निदाइरहेको भन्दै उनीहरुलाई बिउँझाउन सिठ्ठी जुलुस निकालिएको शाहीले बताए ।

आफुहरुका माग पुरा नभए संयुक्त विद्यार्थी संगठनले आन्दोलन कडा पार्ने शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस