जब सेता प्लेटसँगै निला प्लेट पनि सडकपेटीमा उक्लिए(फोटो फिचर) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जब सेता प्लेटसँगै निला प्लेट पनि सडकपेटीमा उक्लिए(फोटो फिचर)


प्रशासन विशेष ब्युरो

२१ बैशाख २०७५, शुक्रबार


सिंहदरबार । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिँहदरबारभित्र सेता प्लेटका सरकारी गाडीको पार्किङ शैली त यसअघि देखाइ सकेका छौं । आज हामी कुटनीतिक नम्बर प्लेटका निला प्लेटका गाडीहरु देखाउँदैछौं ।

सरकारी गाडीहरुले त नियम मिचे नै, कुटनीतिक नियोगका सवारीलेसमेत देशको ट्राफिक नियमको धज्जी उडाउदै पैदल यात्रु हिड्ने सडक पेटिमा जगक्क सवारी पार्किङ गरेर को भन्दा को कम भन्ने देखाए । लाजै मर्दो सिँहदरबारभित्रै सवारी व्यवस्थित गर्न ट्राफिक प्रहरी खटाउनु पर्ने अवस्था आयो ।

कुटनीतिक नियोगकै पदाधिकारीले प्रयोग गरेका हुन् या सरकारी उच्च अधिकारीहरुको थप सुविधाप्राप्त सवारी हुन् त्यो त सम्बन्धित निकायले नै जानुन् तर देशको प्रमुख प्रशासनिक अड्डामै यसरी दिँउसै रात पार्न हुँदैनथ्यो र यहाँभित्र त कमसेकम नियम कानुनको पालना गरिदिएको भए हुन्थ्यो भन्ने हाम्रो भनाई हो ।

स्वदेशी नम्बरप्लेटका सवारीलाई नै छुन नसक्ने सरकारी संयन्त्रले विदेशीसँग समबन्धित निला प्लेटका सवारीलाई कारवाही गर्ने आँट कहाँबाट आओस् त ? खैरो छाला भनेपछि परैबाट लम्पसार पर्ने मानसिकताबाट गुज्रिरहेका सरोकारवाला निकायहरुले नियम कानून सबैका लागि बराबर हुन्छ, त्यसले कालो, गोरो भन्दैन भन्ने कुरा समयमै भेउ पाएको भए सायद यस्तो हुँदैनथ्यो कि ? हेर्नुहोस पेटीमा पार्किङ गरिएका निला प्लेट तथा दातृ निकायबाट प्राप्त सेता प्लेटका सवारीहरु

यसले कानुनलाई चुनौती मात्रै दिएको छैन कि सिँहदरबारभित्रको अवस्थालाई अस्तव्यस्त मात्रै बनाएको छ । त्यसो त मन्त्रालयहरुमै देखिएको अव्यवस्थित पार्किङ पनि कम्ति असोभनिय छैन ।

र यो पनि,

सिँहदरबारभित्रका दुइ मन्त्रालयः व्यवस्थित र अव्यवस्थित पाकिङले देखाएको अन्तर(फोटो फिचर)

Tags :
प्रतिक्रिया दिनुहोस