स्थानीय तहमा साढे सात हजार कर्मचारी अभाव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्थानीय तहमा साढे सात हजार कर्मचारी अभाव


प्रशासन विशेष ब्युरो

१८ बैशाख २०७५, मंगलबार


समायोजन

काठमाडौं । स्थानीयतहमा तल्लो तहका कर्मचारी मात्र नभएर प्रथम श्रेणीकै कर्मचारीसमेत अभाव छ।

स्थानीय तहमा ३७ हजार ७ सय ९६ जना कर्मचारी आवश्यक पर्नेमा सात हजार ४ सय ९४ जना कर्मचारी अझै आवश्यक रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार स्थानीय तहमा १५ जना उपसचिवको पद अझै रिक्त छ। स्थानीय तहमा सहसचिवको १८ दरबन्दीमध्ये ललितपुर, चितवन र पोखरा महानगरपालिकामा मात्र पूर्ति भएको छ। अन्य महानगरपालिका तथा उपमहानगरपालिकामा पद रिक्त छ। यस्तै, प्रशासन सेवातर्फ ५ सय २१ उपसचिवको दरबन्दी रहेकामा २२० जना उपसचिवको पद अझै रिक्त छ।

त्यसैगरी ४ सय ५९ अधिकृतस्तरका कर्मचारी र नायब सुब्बा र खरिदार तहका छ हजार ८ सय कर्मचारीको पद रिक्त रहेको खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस