माजोंग फाउन्डेसनको निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माजोंग फाउन्डेसनको निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न


१७ बैशाख २०७५, सोमबार


काठमाडौं । माजोंग फाउन्डेसन नेपालको आयोजनामा संचालित निशुल्क जीवनरक्षक प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।

फाउन्डेसनका डिस्कभरी रोयल स्पोर्ट्स यूएईका प्रबन्ध निर्देशक ओम उप्रेतीद्वारा संचालित तालिममा विभिन्न १२ वटा विषयमा तालिम दिइएको थियो ।

संचारकर्मी, सामाजिक अभियन्ता, होटेल व्यवसायी तथा स्वयंसेवीहरुलाई प्रदान गरिएको उक्त तालिममा ५४ जना प्रशिक्षार्थीले सहभागीता जनाएका थिए ।

तालिममा बेहोस भएको, पानीमा डुबेको, हड्डी भाँचिएको, दुर्घटनामा परेको, छारे रोग तथा अन्य कारणले ढलेको, घाँटीमा अड्केको ९ चोकिंग ०, करेन्ट लागेको, सर्पले टोकेको, रक्ताश्राब भएको, आगोले पोलेको, हृदयाघात भएको तथा हृदय एवम् श्वास गति बन्द भएकोलाई दिइने सिपिआर बारे प्रयोगात्मक प्रशिक्षण दिइएको थियो ।

तालिमका संयोजक तथा जनस्वास्थ्य बिशेषज्ञ डा. रवीन्द्र पाण्डेले स्वास्थ्य परामर्श प्रदान गरेका थिए ।

प्रशिक्षार्थीहरुलाई आइएसओ प्रमाणित तालिम लिएको प्रमाणपत्र वितरण गरिनुका साथै निकट भविष्यमा यो कार्यक्रमलाई देशव्यापी सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस