सात एसपीको सरुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सात एसपीको सरुवा


१७ बैशाख २०७५, सोमबार


काठमाडौं । नेपाल प्रहरीका ७ जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा प्रहरी प्रशिक्षण केन्द्रमा कार्यरत लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको सचिवालयमा तानिएको छ ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत राजन अधिकारीलाई सुनसरी खटाइएको छ भने केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबी०का जीवन श्रेष्ठको सरुवा जिल्ला प्रहरी कार्यालय, सिरहामा गरिएको छ ।

त्यसैगरी महानगरीय ट्राफिक प्रहरी कार्यालयका डम्बरबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय, धादिङ खटाइएको छ भने जिल्ला प्रहरी कार्यालय, सिरहाका शेखर कोइराला ट्राफिक निर्देशनालयमा ल्याइएको छ । धादिङबाटै ध्रुवराज राउतलाई अनुसन्धान विभागमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस