कांग्रेस बैठक स्थगित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कांग्रेस बैठक स्थगित


१७ बैशाख २०७५, सोमबार


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक विशेष कारण स्थगित भएको छ ।

स्थगित बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसले आज बिहान ८ः३० बजेका लागि बैठक बोलाएको थियो ।

बैठकबाट पदाधिकारी मनोनीत गर्ने पार्टी सभापति देउवाको तयारी थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बैठक केही दिनका लागि स्थगित गरिएको बुझिएको छ ।

कांग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक छलफल नै नगरी बोलाएको भन्दै वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने घोषणा गरेको थियो ।

कांंग्रेसको महाधिवेशन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि पदाधिकारी मनोनयन हुन सकेको छैन । विधानअनुसार दुई महिनाभित्र गरिसक्नु पर्ने पदाधिकारी मनोनयन गरिसक्नुपर्ने व्यवस्था छ । रासस

प्रतिक्रिया दिनुहोस