प्रमाणपत्र धितो राखेर ऋण माग गर्दै विद्यार्थी संगठनको अर्थमन्त्रीलाई ज्ञापनपत्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रमाणपत्र धितो राखेर ऋण माग गर्दै विद्यार्थी संगठनको अर्थमन्त्रीलाई ज्ञापनपत्र


१६ बैशाख २०७५, आइतबार


काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर निर्ब्याजी ऋण उपलब्ध गराउनु पर्ने माग गर्दै संयुक्त विद्यार्थी संगठनले अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएका छन् ।

आइतबार ज्ञापनपत्र बुझाउँदै विद्यार्थी संगठनले यसका लागि आवश्यक नीति, बजेट र कार्यविधि निर्माण गरी अघि बढ्न माग गरेका छन् ।

यसअघि तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा व्यवस्था गरेपनि प्रमाणपत्र राखेर ऋण लिने व्यवस्था बैंकहरुले कार्यन्वयन नगरेकोले अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीले बताए ।

उनले आफुहरुका माग पुरा नभए विद्यार्थी संगठन सडकमै आयर आन्दोलन गरेर भएपनि माग पुरा गराएरै छोड्ने बताए ।

प्रतिक्रिया दिनुहोस