बाम एकताः जहिल्यै अन्तिममा ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाम एकताः जहिल्यै अन्तिममा !


प्रशासन विशेष ब्युरो

१४ बैशाख २०७५, शुक्रबार


काठमाडौँ । नेकपा एमाले माओबादी केन्द्रबीच हुने एकता जहिल्यै अन्तिममा पुगेर रोकिने गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार साँझ अढाई घण्टासम्म संवाद गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अन्तिममा पुगेको बताएका छन् ।

बालुवाटारबाट निश्कदै गर्दा एकताको सन्देश पर्खेर बसेका नेताहरुले के भयो ? भन्ने प्रश्नमा दाहालले भने, ‘सबै कुरा मिलिसकेको छ, एकता प्रक्रिया अन्तिममा पुग्यो ।’

दाहालले एकता मात्रै घोषणा गर्न मात्रै बाँकी रहेको बताउँदा उत्साहित नेताहरु कुन बेला खिस्स हुने हुन् त्यसको कुनै भरोसा छैन ।

प्रतिक्रिया दिनुहोस