अमेरिकामा नेपालीले पाएको ‘टीपीएस’ सुविधा खारेज, नौ हजार नेपाली फर्काइदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकामा नेपालीले पाएको ‘टीपीएस’ सुविधा खारेज, नौ हजार नेपाली फर्काइदै


प्रशासन विशेष ब्युरो

१४ बैशाख २०७५, शुक्रबार


Temporary Protected Status

अमेरिकाले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस् (टीपीएस) सुविधा खारेज गरेको छ ।

महाभुकम्पका कारण नेपाली आप्रवासीलाई प्रदान गरिँदै आएको अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्ट्याटस’ खारेजीको निर्णयसँगै अमेरिकामा बस्दै आएका करिब ९ हजार नेपाली अब स्वदेश फर्काइने छन् ।

ट्रम्प प्रशासनले सन् २०१९ को जुन २४ भित्र सो व्यवस्था सम्बन्धी बसोबास गर्दै आएका नेपाली आप्रवासीलाई वैधानिक हैसियतका अन्य विकल्प खोज्न वा अमेरिका छोडन सुचना जारी गरेको छ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सेक्रेटरी क्रस्टजेन निएल्सनले भनेकी छन्, ‘सुविधा प्राप्त गरिरहेका सम्बन्धित सबैसँग एक वर्षको समय छ। अमेरिका छाड्ने वा अन्य कुनै उपायबाट म्याद समाप्त हुनु अघि आफ्नो वैधानिक हैसियत कायम गर्ने।’

तीन वर्ष अघि आएको महाभुकम्पका कारण अमेरिकामा रहेका कागजविहीन नेपाली आप्रवासीलाई ओबामा प्रशासनले टीपीएसको सुविधा प्रदान गरेको थियो।

अमेरिकी कंग्रेसले सन् १९९० मा लागु गरेको आप्रवासन सम्बन्धि कानुन अनुसार टीपीएस, प्राकृतिक विपत्ति, सैनिक विद्रोह एवं हिंसात्मक गृहयुद्वका कारण अमेरिकामा रहेका सम्बन्धित मुलुकका नागरिकलाई मानवीय रुपले अस्थायी रुपमा संरक्षित गर्ने अमेरिकी नीति हो।

प्रतिक्रिया दिनुहोस