विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग


१३ बैशाख २०७५, बिहिबार


सोलुखुम्बु । सोलुखुम्बुको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ ।

कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले बताए । उनका अनुसार क्यानडाका नागरिक मेरी कृष्टिलेरोसले विद्यालयलाई ४८ थान डेल कम्पनीको ल्यापटप हस्तान्तरण गरे ।

विगत लामो समयदेखि विद्यालयलाई विभिन्न प्रकारका शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका क्यानेडियन नागरिक मेरी कृष्टिलेरोसले यस शैक्षिकसत्रदेखि कक्षा सञ्चालन गर्ने गरी कम्प्युटर उपलब्ध गराएको प्रधानाध्यापक राईले बताए ।

जिल्लाको सबैभन्दा विकट क्षेत्रमा कम्प्युटर कक्षाको व्यावहारिक ज्ञानसमेत विद्यालयबाट नै प्राप्त गर्ने भएपछि विद्यार्थीले खुशी व्यक्त गरेका छन् ।

कम्प्युटर कक्षाका लागि ६ कक्षादेखि माथिका विद्यार्थीले सहभागिता जनाउने विद्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस