२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प पीडितको जीवनयापनमा कठिनाइ

अ+ अ-

चरीकोट । भूकम्पमा मृत्यु भएका र गम्भीर घाइतेको परिवारको जीवनयापनमा निकै कठिनाइ भएको छ ।

गोरखा भूकम्पमा परी दोलखामा करीब दुई सय जनाको मृत्यु भएको थियो भने एक हजार ५०० गम्भीर घाइते भएका थिए । वैशाख १२ गतेको भूकम्पले बिगु गाउँपालिका–९ चिलंखा भ-याङ टोलका ३५ भन्दा बढीको आफ्ना अन्नपातलगायत लत्ताकपडा नष्ट भएपछि राहतको आशमा वैशाख २९ गते सिँगटी झरेका थिए । राहत पनि लिए १० किलो चामलसहित अन्य केही सामग्री । राहत लिएर सिँगटी बजारबाट आफ्नो घर फर्किए । सिँगटी बजार नजिकै भीरको बाटो ट्रक चढेर जाँदै थिए, अकस्मात् १२.३० बजे खोलिखुम्बा भन्ने ठाउँमा सुख्खा पहिरो झरेर सबैलाई पुरिदियो । पुरेकामध्ये १० जनाको घटनास्थलमा नै मृत्यु भयो । भीरबाट झरेको सुख्खा पहिराले राहत लिएर आएका राहत बोकेर फर्किनु त परै जाओस्, बाँचेका सबैजसो गम्भीर घाइते भए ।

स्थानीयवासीका अनुसार एक जना किरण खड्काबाहेक सबै बेहोश अवस्थामा थिए । किरण भन्छन्, ‘१० जनासँगै हिँडेका गाउँका दाजुभाइ दिदीबहिनी मरे, म तिनै मरेका शवको साक्षी भएँ । बचाउ बचाउ भन्दै गरेर कराउनेका लागि पनि केही गर्न सकिन, मेरो शरीरले काम नै गर्न सकेको थिएन । म ट्रकको छेउमा नै भएकाले होला पहिरामा उछिट्टिएर बाँचे ।’ घाइतेको कतिपयको चरीकोट अस्पताल तथा कतिपयको काठमाडौंका अस्पतालमा उपचार भयो ।

राहत लिन गएकाको परिवार भने भरे घरमा राहत लिएर आउँछन् भनेर कुरिरहे तर राहत हैन उनीहरुले आफन्त कतिको मृत्युको खबर पाए । भूकम्प गएको तीन वर्ष बितिसक्दा पहिरामा पुरिएर बाँचेका केही घाइते भन्छन्, ‘हाम्रो १० किलो चामलले १० जना गाउँले मर्नुप-यो, गरीबलाई दैव लागेपछि यस्तै हो ।’ पहिरामा गम्भीर घाइते भएका ३४ वर्षीय कुमार लामिछाने भन्छन्, ‘हातको औँला छैन, शरीरभरी टाँका लगाएको छ, टाउकाको चोटले गर्दा अहिलेसम्म गरेर खान सक्दिन, जीवनयापन गर्नै गाह्रो भएको छ, घाइतेलाई न सरकारले हे¥यो न राम्रो उपचार नै ।’

उनीजस्तै आफ्नो छोरासँगै राहत लिन गएका थिए ४१ वर्षीय अर्जुन भुजेल । उनी भन्छन्, ‘मैले १२ वर्षको मेरो छोरा सुरज मसँग नजा घरमा नै बस भन्दा मानेन, बुबालाई सघाउँछु भनेर सँगै गयौंँ, राहत लिएर ट्रकको पछाछि बसेर फर्किँदै थियौंँ, पहिरो आयो, गाडी गुडिरहेको थियो फालहाल्ने कुरो भएन, पहिरोमा परिएच, बेहोस भएछु, गम्भीर घाइते भएकाले मलाई टिचिङ हस्पिटल पु¥याइएको रहेछ, दुई दिनपछि होस खुल्यो, छोराको बारे बुझ्दा छोराको मृत्यु भइसकेको रहेछ’, भुजेल रुँदै भन्छन्,‘१० किलो चामलले छोरो कहिल्यै नफर्कने भएछ ।’

बिगु– ९ मा मात्रै १७ जनाले ज्यान गुमाउनुप-यो । सोही पहिरामा श्रीमती गुमाएका कृष्णबहादुर खड्का शरीरभरीको चोट देखाउँदै भन्छन्, ‘राहतले श्रीमती लग्यो, म आफैंँ बिरामी छु, साना छोराछोरी छन्, सरकारले धेरथोर त राहत दिएको थियो तर त्यो राहत पनि सकियो, अब मैले मेरा छोराछोरीको पालनपोषण कसरी गर्ने ? सानी छोरी अहिले चार वर्षकी भई, परिवार पाल्नका लागि भारी बोक्न भारतको गान्तोक जाने गरेको थिएँ, अहिले छोराछोरी साना छन् आफैँ अशक्त भएँ, अब मेरो परिवार बिचल्लीमा पर्ने भयो । छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने रहर छ, कसैले हेरेन हाम्रो पीडामा ।’

सोही पहिरामा परेर गम्भीर घाइते अर्का स्थानीयवासी राजकुमार खड्का पनि शरीरभरीका चोट देखाएर भन्छन् ,‘ढाड भाँचिएको छ टाउकोमा चोट छ, पहिला पहिला भारतमा काम गर्न जान्थ्यौँ, तीन महिना हस्पिटलमा बसेर आएपछि सबै सपना अधूरा भए, केही गर्ने आँट छैन, संघसंस्था आउँछन्, नाम टिप्छन, लैजान्छन्, हामी जस्तालाई केही गरिदिऊँ भन्ने कोही छैन ।’

भूकम्पमा मृत्यु भएका र गम्भीर घाइते भएका कतिपय परिवारले सरकारले दिएको अनुदानबाट घर निर्माण गरिसके भने कतिले निर्माण गरिरहेका छन् । घाइते भन्छन्, ‘सरकारले दिएको तीन लाखले मात्रै घर निर्माण नहुँदोरहेछ, परिवार गतिला भएकाले त थपेर पनि बनाउँछन्, हामी जस्ता घाइते भएकाले त त्यही भएको पैसामा दुःख सुख गरेर सानो दुईकोठे घर बनाउने हो ।‘ पहिरामा पुरिएर मृत्यु भएका र गम्भीर घाइते भएका यहाँका बासिन्दाको दैनिकी निकै कष्टकर छ । उनीहरु सरकारले मृत्यु भएका परिवार र घाइते परिवारप्रति सहयोग गर्नुपर्ने बताउँछन् ।