टाटा सुमोको ठक्करबाट मृत्यु « प्रशासन
Logo १४ असार २०७९, मंगलबार
   

टाटा सुमोको ठक्करबाट मृत्यु


११ बैशाख २०७५, मंगलबार


बारा । जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सिमरका अनुसार टाटा सुमोको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना १ ज ७४९७ नं को सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ना १८प ८१०५ नं को मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए ।

घाइते चौधरीको उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर लागिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडां पठाइएकामा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस