न्यायिक समितिले ग-यो सबै मुद्दाको फैसला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

न्यायिक समितिले ग-यो सबै मुद्दाको फैसला


११ बैशाख २०७५, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म आएका सबै मुद्दा फैसला भइसकेको छ ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गत असारमा गठन भएको कामपाको न्यायिक समितिमा हालसम्म ६० वटा मुद्दा आएका थिए ।

आएका सबै मुद्दा फैसला भइसकेको कामपाका उपप्रमुख श्रेष्ठले जानकारी दिए । उनले भने ‘दैनिक सरदर पाँचदेखि सातवटासम्म मुद्दा आउने गरेको छ, ती सबै तत्काल फैसला हुन्छन् ।’

श्रीमान् श्रीमतीबीचको सम्बन्धबिच्छेद, लामो समय भाडामा बस्ने र भाडा नदिई कोठा छोड्ने, छिमेकीले बाटो मिचेको जस्ता मुद्दा आउने गरेको कामपाले जनाएको छ ।

संयोजकमा उपप्रमुख खड्गी, सदस्यमा वडा नम्बर ३१ का सदस्य सरोज ढकाल, वडा नम्बर १६ का दलित महिला सदस्य बबि परियार रहनुभएको छ । गतबर्ष वैशाखमा स्थानीय तहको निर्वचनपछि मात्र कामपाको न्यायिक समिति गठन भएको हो । रासस

प्रतिक्रिया दिनुहोस