शिक्षा अधिकारी विरुद्ध बलात्कार मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिक्षा अधिकारी विरुद्ध बलात्कार मुद्दा


११ बैशाख २०७५, मंगलबार


बर्दिया । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल विरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ ।

नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुर्वव्यवहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुर्वव्यवहारको सिकार भइकी थिइन् ।

उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय छुट्टि भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको आरोप छ ।

फुपु खाना पकाउनका लागि भान्सामा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बहानामा दुर्वव्यवहार गरेको आरोप छ । पढाउने बहानामा अंगालो हाल्ने, स्पर्श गर्ने लगायतका क्रियाकलाप गरेर जिशिअ नेपालले बालिकालाई दुर्वव्यवहार गरेको आरोप छ ।

२०१६ का इन्ट्याग्रिटी आइडल समेत भइसकेका नेपालको  खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । नेपाल विरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस