कर्णाली प्रदेशको नीति तथा कार्यक्रम यस्तो छ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम यस्तो छ


प्रशासन विशेष ब्युरो

१० बैशाख २०७५, सोमबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार प्रदेश प्रमुख दुर्गाकेशर खनालले तेस्रो चौमासिकका लागि प्रदेश संसदसमक्ष प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा कर्णाली समृद्धिको मुख्य आधारमा रुपमा रहेका पर्यटन, कृषि र जलविद्युतलाई प्राथमिकतामा राखिएको छ भने सडक, कृषि, पर्यटन, जलविद्युत र कर्णालीमा उपलब्ध जडीबुटीलाई समृद्धिका योजनामा समावेश गरेको छ ।

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न प्रदेश सरकारले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत साधन र श्रोतको अधिकतम परिचालनद्धारा तीब्र आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिएको प्रदेशले विशेष आर्थिक क्षेत्र घोषणा गरी सञ्चालन गर्न आवश्यक नीति लिइने भएको छ ।

नीति तथा कार्यक्रम (पूर्णपाठ)

प्रतिक्रिया दिनुहोस