आन्दोलित यातायात व्यवसायीहरुलाई वार्तामा आउन आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आन्दोलित यातायात व्यवसायीहरुलाई वार्तामा आउन आह्वान


७ बैशाख २०७५, शुक्रबार


काठमाडौं । ‘सार्वजनिक यातायात क्षेत्रका देखिएको समस्याहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीले आन्दोलित यातायात व्यवसायीहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । शुक्रबार राजधानीमा आयोजित उक्त कार्यक्रममा बोल्दै अधिकारीले वार्तामार्फत् समस्या समाधान गरेर अघि बढनुको विकल्प नरहेको वताएका छन् ।

सचिव अधिकारीले यातायात व्यवसायीहको समस्या समाधानका लागि उच्चस्तरीय यातायात सुधार समिति बनायर अगाडि बढ्न सकिने बताएका छन् ।

यातायात व्यवसायलाई व्यवस्थित बनाउन सरकारले कम्पनी ऐन अन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

मंगलबार सरकारले यातायात क्षेत्रमा देखिएको सिन्डीकेट अन्त्य गर्दै सबै यातायाता संघ, संस्थाको दर्ता र नविकरण कम्पनी ऐन अनुसार गर्ने निर्णय गरेपछि त्यसप्रति आपत्ति जनाउँदै व्यवसायीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस