युवा संघको नेतृत्वमा रमेश पौडेल चयन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युवा संघको नेतृत्वमा रमेश पौडेल चयन


६ बैशाख २०७५, बिहिबार


काठमाडौं । युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन भएका छन् । बिहीबार बिहान सम्पन्न एमाले सम्वद्ध संघको बैठकले यसअघि उपाध्यक्ष रहेका पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा किरण पौडेल, परशुराम बस्नेत, हस्त शाही, प्रभात विक्रम कटुवाल, कान्ति बुर्लाकोटी, गोविन्द थापा र चन्द्र लामा रहेका छन् । बैठकले चयन गरेका १३ जना सचिव चयन गरेको छ । सचिवहरुमा राजु कार्की, अन्जना अधिकारी, उर्मिला सुनुवार, क्षितिज थेवे, पुर्ण लामा, ध्रुव यादव, सुरेन्द्रमान कार्की, माधव बास्तोला, बच्चनबहादुर सिंह, राजेश साह, सन्तोष रावल, दिपक जिएम र हिमाल लिम्बु रहका छन् ।

त्यसैगरी कोषाध्यक्षमा अमित लामा चुनिएका छन् भने अनुशासन आयोगको अध्यक्ष गजेन्द्र शाही, लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल र केन्द्रीय कार्यालय विभाग प्रमुखमा सुमन पुरी छन् ।

प्रतिक्रिया दिनुहोस