सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध : मुख्यमन्त्री भट्ट


५ बैशाख २०७५, बुधबार


कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताए ।

आज धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा मुख्यमन्त्री भट्टले विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताउँदै यसमा सबैको सहयोगसमेत आवश्यक रहेको बताए। भर्ना अभियानलाई प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टले आफ्नी छोरीलाई कक्षा ८ मा भर्ना गरो हुन् । यसअघि उनकी छोरी डोटीको के आइसिंह गाउँपालिकास्थित देवस्थली माविमा अध्ययनरत थिइन् ।

भर्ना कार्यक्रममा मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गरे। शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरु अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्नुहोस् मुख्य मन्त्री भट्टले भने, ‘विद्यालयप्रति चासो राखे मात्र शिक्षाको गुणस्तरमा सुधार हुन्छ ।

आज बिहान कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडसहित विद्यालय पुगेका भट्टले आफ्नी छोरीसहित अन्य ११ जना बालबालिकालाई विद्यालयमा भर्ना गरे । वैशाख २ बाट देशभर शुरु गरिएको विद्यालय भर्ना अभियान जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस