घोराही सिमेन्ट उद्योगद्वारा ५४ लाख सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घोराही सिमेन्ट उद्योगद्वारा ५४ लाख सहयोग


४ बैशाख २०७५, मंगलबार


दाङ । घोराही सिमेन्ट उद्योगले यहाँका स्थानीय निकायलाई  ५४ लाख १६ हजार सहयोग गरेको छ । उद्योगले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको क्षेत्रको विकासका लागि गाउँपालिका र वडालाई सो रकम सहयोग गरेको हो ।

उक्त उद्योगले बंगलाचुली गाउँपालिकालाई २८ लाख ६६ हजार, घोराही–४ लाई २५ लाख ५० हजार सहयोग गरेको छ । सिमेन्ट उद्योगले विभिन्न विकास निर्माणका लागि स्थानीयवासीले गाउँपालिका र वडा कार्यालयमार्फत सहयोगका लागि आग्रह गरेअनुसार उक्त सहयोग गरेको सिमेन्ट उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले बताए । रासस

प्रतिक्रिया दिनुहोस