पौडी खेल्नेक्रममा युवकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पौडी खेल्नेक्रममा युवकको मृत्यु


४ बैशाख २०७५, मंगलबार


पाल्पा । तिनाउ खोलामा पौडी खेल्नेक्रममा सोमबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१, पटुवाथुमका १८ वर्षीय सुशील श्रेष्ठ रहेका छन् । तिनाउ गाउँपालिका–३, डेडबक्स नजिकै खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी तथा डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

पाल्पाको रानीमहल नजिकै पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव भने अझै फेला परेको छैन । रिब्दीकोट गाउँपालिका–३, हार्थोकका १८ वर्षीय संगम कार्की अझै कालीगण्डकी नदीमा बेपत्ता छन् ।

उनीसँगै नयाँ वर्षका दिन हराएका युवक आयुष खनालको शव आइतबार रानीमहल नजिकै कालीगण्डकी नदीमा फेला परेको थियो । रासस

प्रतिक्रिया दिनुहोस